शुक्रबार, २९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

हेल्प नेपाल क्वाटरफाइनलमा  

मंगलबार, १२ आश्विन २०७८खेलपाटी संवाददाता
हेल्प नेपाल क्वाटरफाइनलमा  
Loading ad...
mustang rice ad

काठमाडौं । साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार प्रदेश-२ लाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्पले लगातार दोस्रो जित निकालेको हो ।

भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले प्रदेश २ माथि २५-२१, २५-१७ र २५-१६  को सेटमा जित निकाल्यो ।

यस जितसँगै हेल्प नेपालले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समूह ए को हेल्प नेपालले २ खेलमा ६ अंक जोड्यो ।

पहिलो खेलमा हेल्पले बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गरेको थियो ।

यस समूहबाट गल्कोट स्पोर्ट्स क्लब समेत क्वाटरफाइनलमा पुगेको छ ।

च्याम्पियनसिप अन्तर्गत पुरुषको आज हुने दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल २ बजे सुरु हुनेछ ।

यस्तै तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नयाँ बजार सामाजिक युवाबीच खेल हुनेछ । यस खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

पुरुषको चौंथो खेलमा एपीएफले बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।

च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ । 

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।  हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।

महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन्  ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

ब्राजिलसँग खेल्न भारतले आसियान कपबाट नाम फिर्ता लियो

बंगलादेश बलियो अवस्थामा

बंगलादेश बलियो अवस्थामा

 ५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

५० मिलियन युरोमा पीएसजी जाँदै टोरेस

रश्मीको दोहोरो ह्याट्रिक

रश्मीको दोहोरो ह्याट्रिक

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत