काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज सोमबार पुरुषको ६ खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज हुने पहिलो खेलमा साविक विजेता हेल्प नेपाल र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ८ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा गल्कोट स्पोर्ट्स क्लबले प्रदेश नम्बर २ सँग खेल्नेछ । उक्त खेल बिहान १० बजे सुरु हुनेछ ।
तेस्रो खेलमा दावाली मिलन क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
दिनको चौंथो खेलमा नेपाल पुलिस क्लबले मणिमुकन्द भलिबल क्लबसँग खेल्नेछ । यस खेल दिउँसो २ बजे सुरु हुनेछ ।
पाँचौं खेलमा नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । यस खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।
त्यसै दिनको अन्तिम खेलमा बुढानिलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोर्ट्स क्लबसँग खेल्नेछ । यस खेल साँझ ६ बजे सुरु हुनेछ ।
सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।
पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा एपिएफ क्लब च्याम्पियन बनेको थियो ।