काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज आइतबारबाट सुरु हुँदैछ ।
नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ ।
च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेलहरु हुनेछ । जसको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ ।
उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
समूह सी मा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा समूह डीको एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ ।
पुरुषतर्फको तेस्रो खेलमा समूह एको बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
चौंथो खेलमा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच ३:३० बजे प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको खेल मंगलबार सुरु हुनेछ । महिलाको पहिलो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।
क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।