काठमाडौं । आयोजक रिभाईभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१-७, २१-१३ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका हुन्।
यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोस्रो चरणमा स्थान बनाए ।
रुकेशले शिवराम चौधरीलाई २१-५, २१-४ ले तथा पविनले शिभ राईलाई २१-११, २१-४ ले पराजित गरे ।
पार्कको स्थापनाको उपलक्षमा आयोजना भएको च्याम्पियनसिपमा आयुश्मान नागरीले टंक बहादुर रानालाई २१-४ को समान अन्तरले पराजित गरे । यस्तै पेम्बा शेर्पाले सुलभ पौडेलमाथी २१-१८, २१-१२, एपिएफका सुमन लिम्बुले योगेश खड्कालाई १६-२१, २१-९, २३-२१, अदिश कार्कीले सुक्र तामाङलाई २१-१४, २१-१५, राजु थापाले बुटवलका सुनिल कार्कीलाई २१-१३ को समान अन्तरले, दिपेन गायकले रिसोद सुवाललाई २१-११, २१-१४, बबिश थापाले सुदय झालाबाट वाक ओभर, नविन सिलवाल दितिक न्यौपानेलाई २१-१५, २१-१३, विवेक भट्टराईले ब्रिन्जन बस्नेतलाई १२-२१, २४-२२, २१-१८, एशिया जवेगुले रामु हाङ्ग राईलाई २१-११, २१-१५, बुटवलका रोहित बरालले रोमी राईबाट वाकओभर तथा सेनाका विवेक चौधरीले सुर्खेतका नरेन्द्र बमलाई १८-२१, २१-१५, २१-१३ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेका छन् ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले शुक्रबार एक कार्यक्रमकाविच च्याम्पियनसिपका साथै रिभाईभमा स्थापना गरिएको क्लबको समेत पानशमा दिप प्रज्वलन गर्दै उद्घाटन गरे । क्लबमा ब्याडमिन्टन कोर्टका साथै, पौडी पोखरी, जिम हल, सौना, ज्यागुजी लगायत कराते तथा उसु कक्ष समेत रहेको छ ।
सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गरिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ ।
करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शीर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।
यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ वर्ष माथीको भेटरान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।