मेस्सीले तोडे पेलेको कीर्तिमान
शुक्रबार, २५ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन्।
मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।
फिफा विश्वकप छनोट अन्तर्गत बोलिभियाविरुद्ध ह्याट्रिक पूरा गर्दै मेस्सीले कीर्तिमान बनाएका हुन्।
विश्व फुटबलको हस्ती पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो ।
तर, मेस्सीले बोलिभियाविरुद्धको ह्याट्रिकसँगै ७९ औं गोल पूरा गर्दै कीर्तिमान तोडेका हुन् ।
मेस्सीले १ सय ५३ खेलमा उक्त कीर्तिमान बनाएका हुन् ।
मेस्सीको ह्याट्रिकसँगै छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ३-० ले हराएको छ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)