ब्राजिलको लगातार आठौं जित
शुक्रबार, २५ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार आठौं जित निकालेको छ।
शुक्रबार बिहान पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले जितको यात्रालाई कायम राखेको हो।
ब्राजिलको जितमा एभरटन रिबेरो र नेयमारले एक एक गोल गरे।
खेलको १५ औं मिनेटमा नेयमारको पासमा एभरटनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ४० औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए।
यस जितसँगै ब्राजिलले ८ खेलमा २४ अंक जोडेको छ।
ब्राजिल तालिकाको शीर्ष स्थानमा रहेको छ।
पेरु ९ खेलमा आठ अंक जोडेर सातौं स्थानमा रहेको छ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)