जापानले क्लब विश्वकप आयोजना नगर्ने
बिहिबार, २४ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जापानले क्लब विश्वकप फुटबल आयोजना नगर्ने भएको छ ।
कोभिड-१९ को महामारीको कारण जापानले क्लब विश्वकप आयोजकबाट नाम फिर्ता लिएको हो ।
क्लब विश्वकप जापानमा आगामी डिसेम्बरमा आयोजना गरिने तय थियो ।
तर, कोरोनाको कारण जापान फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको हो ।
क्लब विश्वकपमा विभिन्न महादेशको च्याम्पियन टिमले प्रतिस्पर्धा गर्ने गर्छन ।
सन् २०२० को उपाधि बायर्न म्युनिखले जितेको थियो ।









-1788270833407.jpeg&w=3840&q=75)



