हालाण्डको गोल, नर्वेको जित
शनिबार, १९ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा नर्वेले जित निकालेको छ।
शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २-० गोल अन्तरले पराजित गरेको हो।
नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरे।
खेलको २० औं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ६६ औं मिनेटमा मोहमदले गोल गर्दै नर्वेलाई २-० को जित दिलाए।
यस जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ।
समूह जी को नर्वे शीर्ष स्थानमा रहेको छ।
लाट्भिया ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)