सान्चो इंग्ल्यान्डको टिम बाहिर
शनिबार, १९ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। इंग्ल्यान्डका विंगर जाडोन सान्चोले विश्वकप छनोट अन्तर्गत एन्डोरा र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका छन्।
चोटको कारण सान्चोले एन्डोरा र पोल्याण्डविरुद्धको खेल गुमाउने भएका हुन्।
सान्चोले प्रशिक्षणको दौरान चोट बोकेको बताईएको छ ।
विश्वकप छनोट अन्तर्गत इंग्ल्यान्डले आइतबार एन्डोरासँग खेल्दैछ । यस्तै बुधबार पोल्याण्डसँग खेल्नेछ।
म्यानचेस्टर युनाईटेडका सान्चो प्रिमियर लिग अन्तर्गत न्युकासलविरुद्धको खेलसम्म ठिक हुने अनुमान गरिएको छ ।
युनाईटेडले सेप्टेम्बर ११ मा न्युकासलसँग खेल्नेछ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)