१८ वर्षीय मिडफिल्डर सार टोटेनहममा
शुक्रबार, ११ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब टोटेनहमले युवा मिडफिल्डर पापे माटर सारलाई अनुबन्धित गरेको छ।
प्रिमियर लिग क्लबले सेनेगलका मिडफिल्डरलाई फ्रेन्च क्लब मेट्जबाट अनुबन्ध गरेको हो ।
१८ वर्षीय मिडफिल्डरले टोटेनहमसँग ६ वर्षको सम्झौता गरेका छन् ।
तर, यस सिजन उनले फ्रेन्च क्लबमै बिताउने छन् ।
टोटेनहमले सारलाई लोनमा मेट्ज पठाएको हो ।
गत सिजन उनले फ्रेन्च क्लबका लागि २३ खेलमा ३ गोल गरेका थिए ।
उनले सेनेगलका लागि १ खेल खेलिसकेका छन् ।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
