धरानमा पाराग्लाईडिङ्ग प्रशिक्षण हुने
शनिबार, २० आश्विन २०७५खेलपाटी संवाददाता

धरान । नेपाल ह्याण्डग्लाईडिङ्ग तथा पाराग्लाईडिङ्ग संघको आयोजनमा धरानमा आधारभूत पाराग्लाईडिङ्ग प्रशिक्षण संचालन हुने भएको छ । संघले सिकारुहरुका लागि १५ दिने प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् , नेपाल ओलम्पिक कमिटि तथा नागरिक उड्यन प्राधिकरणको सहयोगमा १ नोभेम्बरबाट १५ दिने प्रशिक्षण हुने संघका महासचिव शैलेन्द्र राउतले जनाएका छन् ।
तालिममा सहभागी हुन ईच्छुक ब्यक्तिहरुले संघमा सम्पर्क गर्नु पर्ने संघले जनाएको छ ।











-1764560243138-1764573362763.webp&w=3840&q=75)



-1764553584985.webp&w=3840&q=75)