बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

कतै अब सेरेनाले खेलेको हेर्न नपाइने पो हो कि ?

बिहिबार, भदौ १०, २०७८खेलपाटी संवाददाता
कतै अब सेरेनाले खेलेको हेर्न नपाइने पो हो कि ?
Classic Tech Internet Ad

काठमाडौं ।  निकै निकै भावुक भएकी सेरेनाले एकपल्ट भनेकी थिइन्, ‘म चुपचाप सन्यास लिन्छुं र कसैलाई केही पनि भन्दिनं ।’ सायद त्यस्ता दिन आएकै हो जस्तो छ । अमेरिकाकी यी सफल टेनिस खेलाडीलाई फेरि एउटा धक्का पुगेको छ र त्यो हो, उनले चोटका कारण अर्को साता सुरु हुने यूएस ओपनबाट आफ्नो नाम फिर्ता लिनु परेको छ ।

सेरेना ३९ वर्षकी भइसकिन र उनको कीर्तिमान २४ औं ग्रान्ड स्लाम जित्ने धोको अझै बाँकी छ । तर उनी जुन ग्रान्ड स्लाममा बढी सफल छिन्, त्यसमै उनी खेल्न असमर्थ भएकी हुन् । उनले भनेकी छिन्, ‘चिकित्सकीय टोलीसँग छलफलपछि मैले यूएस ओपन नखेल्ने निर्णय गरेकी छुं । मलाई आराम चाहिएको छ ।’

Serena through to French Open third round after second-set blip | Reuters

न्युयोर्कमा छ पल्टकी च्याम्पियन सेरेनाले विम्बल्डनबाट पहिलो चरणबाटै बाहिरिएपछि अहिलेसम्म कोर्टमा फर्केकी छैनन् । विम्बल्डनमा बेहोरेको त्यो हारपछि उनी स्तब्ध जस्तै देखिएकी थिइन् । मार्गरेट कोर्टको नाममा रहेको छ, २४ ग्रान्ड स्लाम उपाधि जितेको कीर्तिमान । सन् १९९९ देखि विश्व टेनिसमा छाइरहेकी सेरेना खालि त्यस कीर्तिमानबाट एक उपाधि टाढा छिन् ।

अबको सेप्टेम्बरमा सेरेना ४० वर्षकी हुनेछिन् र डर छ, कतै अब सेरेनाले खेलेको हेर्न नपाइने पो हो कि ? महिला टेनिसमा उनलाई महान खेलाडी भन्न पटक्कै कन्ज्युयाइ गर्नु पर्दैन् । तर उनले २४ ग्रान्ड स्लाम जित्ने सम्भावना झन झन कमजोर भइरहेको छ, भलै उनी कोर्टमै फर्कने हो भने पनि ।

Serena and Venus Williams withdraw from 2021 US Open - ABC News

सन् २०१७ मा उनले अन्तिम पटक अष्ट्रेलियन ओपन जितेकी थिइन्, त्यसपछि उनी चार पल्ट ग्रान्ड स्लामको फाइनल त पुगिन्, तर प्रत्येक पल्ट पराजित रहिन् । उनी सन् २०१८ र २०१९ को विम्बल्डन तथा यूएस ओपनको फाइनलमा पराजित भएकी थिइन् । टेनिसका प्रशंसकहरूको त इन्छा नै हो, सेरेना चाँडै कोर्टमा फर्कन सफल होस । त्यति मात्र होइन, उनले अर्को कुनै ग्रान्ड स्लाम उपाधि पनि जितोस ।


–एएफपीको सहयोगमा । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए