सेरेनाले युएस ओपन नखेल्ने
बुधबार, ०९ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले युएस ओपन टेनिस नखेल्ने भएकी छिन् ।
सेरेनाले चोटको कारण देखाउदै युएस ओपन नखेल्ने बताएकी छिन् ।
सामाजिक संजालबाट सेरेनाले चोटबाट पूर्ण रुपमा मुक्त हुन युएस ओपनमा सहभागिता नजनाउने बताएकी छिन् ।
३९ वर्षिया सेरेना ६ पटकको युएस ओपन च्याम्पियन हुन् ।
सेरेनाले गत साता सम्पन्न सिनसिनाटी ओपन समेत गुमाएकी थिइन् ।
युएस ओपन अगस्ट ३० बाट सुरु हुनेछ ।
यस पटक रोजर फेडेरर, राफायल नाडाल, डोमिनिक थिएम लगायतका खेलाडीले समेत युएस ओपन खेल्ने छैनन् ।










-1770628505169.jpg&w=3840&q=75)



