शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

होमलाल र कान्छीमायालाई काठमाडौं म्याराथनको उपाधि

शनिबार, २० आश्विन २०७५खेलपाटी संवाददाता
होमलाल र कान्छीमायालाई काठमाडौं म्याराथनको उपाधि
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले १२ औ संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।

शनिबार भएको म्याराथनमा आर्मीकै राजन खत्रीलाई पछि पार्दै होमले उपाधि जितेका हुन् ।

होमले निर्धारित २ घण्टा २० मिनेट ४५ सेकेण्डमा पुरा गरे । उपाधिसंगै होमले ५० हजार नगद प्राप्त गरे ।

निर्धारित दुरी २ घण्टा २३ मिनेट ३३ सेकेण्डमा पुरा गरेका राजनले २० हजार प्राप्त गरे ।

म्याराथनमा नेपाल पुलिस क्लबमा भूमिराज राई तेस्रो भए । २ घण्टा २४ मिनेट ३१ सेकेण्डको समय निकालेका भूमिले १५ हजार प्राप्त गरे ।

महिलातर्फ कान्छीमाया कोजुले उपाधि जितिन् । कान्छीले २ घण्टा ५० मिनेट ४१ सेकेण्डमा दौड पुरा गरिन् । ३ घण्टा ११ मिनेट १४ सेकेण्ड लगाएकी सरिता बासी दोस्रो र ३ घण्टा २४ मिनेट ८ सेकेण्डमा दौड पुरा गरेको राजपुरा पाछि तेस्रो भईन् ।

महिलातर्फ विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार हजार प्राप्त गरेका छन् ।

५ कि.मि. खुला दौड तर्फ पुरुमा अजित यादव र महिलाम सन्तोषी श्रेष्ठ पहिलो स्थान हात पार्न सफल भए । अजितले १८ मिनट ११ सेकेन्डमा र सन्तोषीले २० मिनट ३७ सेकेन्डमा दूरी पुरा गरे । पुरुष तर्फ मिलन कार्कीले रजत र जितेन्द्र दनुवारले कास्य पाए । महिला तर्फ सानु माया कार्की र फुलमती रानाले रजत र कास्य पाए । उनीहरुले नगद १० हजार ६ हजार र ४ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

५ कि.मि.कै छात्र तर्फ १९ मिनट ५१ सेकेन्डका साथ प्रविन कुमार बोहराले स्वर्ण पाए । दोश्रो स्थानमा सागर श्रेष्ठ र तेश्रो स्थानमा नारायण तामाङ्ग रहे । छात्रा तर्फ कर्णाली स्पोर्ट्सकी मञ्जु रावतले २४ मिनट ५५ सेकेन्डका साथ स्वर्ण पाईन् । काजल बिष्टले रजत र विजेश्वरी ज्ञान मन्दिर सैनिक बिद्यालयकी स्वेशा बलामीले कास्य पाईन् । बिजयी खेलाडीहरुले ५ हजार, ३ हजार २ हजार नगद सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।

मास्टर तर्फको पुरुषमा धर्म महर्जन १९.५२.६३ समयका साथ स्वर्ण हात पार्न सफल भए । भिम बहादुर गुरुङ्गले रजत र कपिल भट्टले कास्य पाए । महिला तर्फ सरस्वती खड्का राईले २६ः५६.६२ समयका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा निलम श्रेष्ठ रहिन् । पहिलो दोश्रो र तेश्रोले १० हजार, ६ हजार र ४ हजार पाए ।

ह्विल चेयर तर्फको प्रतिस्पर्धामा कृष्ण राज चौधरी १५ः५६.४५ समयका साथ पहिलो भए । दोश्रो स्थानमा रविन्द्र खत्री र तेश्रो स्थानमा राजेश सिल्पकार रहे । महिला तर्फ यामी झाक्री मगरले बाजी मारिन् । उनले १४ ः ४७.६६ समयमा दुरी पुरा गरिन् । लक्ष्मी घिमिरेले रजत र हिरा तामाङ्गले कास्य पाईन् ।

बिजयी खेलाडीहरुले ५, ३ र २ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Bajaj Pulsar Motorcycle Ad
'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक