साविक विजेता डोमिनिकले युएस ओपन गुमाउने
बुधबार, भदौ २, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रियन खेलाडी डोमिनिक थिमले युएस ओपन टेनिस गुमाउने भएका छन् ।
हातको चोटको कारण डोमिनिकले युएस ओपन गुमाउने भएका हुन् । उनले हातको नाडीको चोट बोकेको बताईएको छ ।
डोमिनिकले युएस ओपनबाट नाम फिर्ता लिएको बताएका छन् । उपाधि रक्षाको लागि प्रतिस्पर्धा गर्न नपाउँदा आफु निराश भएको समेत उनले बताएका छन् ।
डोमिनिक युएस ओपनको साविक विजेता समेत हुन् । यस पटकको युएस ओपन अगस्ट ३० बाट सुरु हुनेछ।
छैटौं वरीयताका डोमिनिकले यस वर्षको अन्य प्रतियोगिता समेत गुमाउने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)