काठमाडौं । सेरेनाले केही समय अगाडि मात्र नाइकसँग साझेदारी गर्ने निर्णय गरेकी थिइन् । अब उनको उद्देश्य रहेको छ, आफ्नै डिजाइनका पहिरन उत्पादन सुरु गर्ने । यसका लागि विश्व महिला टेनिसका सर्वाधिक सफल खेलाडीमध्ये एक सेरेनाले मिति पनि तय गरिरकेकी छिन् र त्यो हो, सेप्टेम्बर १ ।
उनका डिजाइनबाट उत्पादित पहिरनको नाम हुनेछ, सेरेना विलियम्स डिजाइन क्रयु अर्थात ‘सीडब्लूडीसी’ । सेरेना भन्छिन्, ‘जति बेला म कोर्टमा प्रवेश गर्ने गर्छुं, मेरो उद्देश्य सधै आफू आकर्षक होस भन्ने चाहन्छुं । म सेरेना हुं र अरू भन्दा फरक हुनु पर्छ भन्ने मेरो सोच हुन्छ । डिजाइन गर्दा म उत्तिकै जोखिम मोल्न पनि तयार हुने गर्छुं ।’
अझ उनी भन्छिन्, ‘हाम्रो विश्व खालि एकै रंगको मात्र पक्कै होइन् । हामी सबै फरक फरक परिस्थितिबाट आएका छौं, हामीले सोच्ने पनि फरक फरक छ । यी सबै फरकपनलाई हामीले एकै स्थानमा ल्याउन सक्यौं भने कल्पना गरौं, कति विशेष र चमत्कारको जन्म हुन्छ ।’ सुरुमा ‘सीडब्लूडीसी’ मा फुटवेयर, स्पोर्टसवयेर र स्ट्रिटवयेर हुनेछ ।
मार्काको सहयोगमा ।