काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडालले क्यानेडियन ओपन टेनिस नखेल्ने भएका छन् ।
चोटको कारण देखाउदै नाडालले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् ।
नाडाललाई देब्रे खुट्टाको चोटले सताएको बताईएको छ ।
'यो घोषणा गर्दा म माफी चाहन्छु की यस वर्ष क्यानेडियन ओपनमा सहभागी हुन सक्दिन,' नाडालले भनेका छन्, 'मेरो खुट्टा तयार छैन । राम्रो अनुभव गरिरहेको छैन ।'
नाडालले गत साता अमेरिकाको सिटी ओपन टेनिस खेलेका थिए । तर, उनी अन्तिम १६ बाट बाहिरिएका थिए ।
अब नाडालले युएस ओपनसम्म विश्राम गर्ने जनाएका छन् ।
युएस ओपन टेनिस अगस्ट ३० बाट सुरु हुनेछ ।
नाडालले ४ पटक युएस ओपन जितेका छन् ।