रुपन्देही । जेसीस सप्ताहको अवसर आयोजना भएको ब्याडमिन्टन प्रतियोगितामा दिपेन्द्र मान श्रेष्ठ अशोक क्षेत्रीको जोडी पहिलो भएका छन् ।
रुपन्देहीको तिलोत्तमा आयोजित प्रतियोगितामा सिद्दार्थ जेसीसका श्रेष्ठ र क्षेत्रीको जोडी पहिलो भएका हुन् ।
यस्तै रामनगर जेसीसका रमेश पराजुली र सन्दीप केसीको जोडी दोस्रो भए ।
रामग्राम जेसीसका मेघराज गौतम र हेमन्त थापाको जोडी तथा कपिलवस्तु जेसीसका कमल क्षेत्री र नविन आचार्यको जोडीले तेस्रो स्थ्ना हासिल गरे ।
विजेता, उपविजेता र तेस्रो स्थान हासिल गरेका खेलाडीले मेडल प्राप्त गरे ।