एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेररले युएस ओपन टेनिस गुमाउन सक्ने भएका छन् ।
घुँडाको चोटको कारण फेडेररले युएस ओपन गुमाउन सक्ने देखिएको छ । तर, फेडेररले औपचारिक रुपमा केहि बताएका छैनन् ।
युएस ओपन अगस्ट ३० बाट सुरु हुनेछ ।
फेडेररले चोटकै कारण टोरन्टो ओपन र सिनसिनाटी मास्टर्सबाट नाम फिर्ता लिईसकेका छन् ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले चोटकै कारण टोकियो ओलम्पिक गुमाएका थिए ।
फेडेररले पछिल्लो पटक विम्बल्डन टेनिस खेलेका थिए ।
३९ वर्षीय फेडेरर गत वर्ष मात्रै घुँडाको चोटको शल्यक्रिया गरेका थिए ।