एजेन्सी । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिच टोकियो ओलम्पिक अन्तर्गत टेनिस प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा जोकोभिच जर्मनीका एलेक्सजेन्डर ज्वेरभसँग पराजित भएका हुन् ।
एलेक्सजेन्डरले २० पटकको ग्राण्डस्लाम विजेता जोकोभिचलाई १-६, ६-३ र ६-१ ले पराजित गरे ।
गत महिना विम्बल्डनको उपाधि जित्दै जोकोभिचले २० औं ग्राण्डस्लाम उपाधि हात पारेका थिए ।
यससँगै जोकोभिचको गोल्डेन स्लामको सपना समेत अधुरो बनेको छ ।
अब एलेक्सजेन्डरले स्वर्ण पदकका लागि रुसी खेलाडी करिन खाचानोभसँग खेल्नेछन् ।
रुसी खेलाडीले स्पेनका पाब्लो बुस्टालाई ६-३ र ६-३ को सेटमा हराए ।