काठमाडौं । नेपालको महिला ह्यान्डबल टिमका पूर्व प्रशिक्षक जोआ फ्लोरेन्सियो जुनियर पोर्चुगिज क्लब एसएल बेन्फिकाका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
पोर्चुगिज प्रशिक्षक फ्लोरेन्सियोको नेतृत्वमा नेपालको महिला ह्यान्डबल टिमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जितेको थियो ।
नेपालमै आयोजना भएको १३ औं सागमा नेपालको महिला टिमले रजत जितेको थियो । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३५-२१ गोल अन्तरले पराजित भएको थियो ।
बेन्फिका पोर्चुगलको चर्चित ह्यान्डबल क्लब मध्ये एक हो । यस क्लबले ७ पटक नेसनल च्याम्पियनसिप, ६ पटक पोर्चुगिस क्लब र ६ पटक सुपर कप जितेको छ ।