एजेन्सी । अमेरिकी टेनिस खेलाडी कोको गाउफले टोकियो ओलम्पिक गुमाउने भएकी छिन् ।
कोरोना भाईरसको संक्रमण देखिएपछि कोकोले ओलम्पिक गुमाउने भएकी हुन् ।
१७ वर्षीय कोकोले सामाजिक संजालबाट आफुलाई कोरोना संक्रमण भएको बताएकी छिन् ।
यस्तै कोकोले ओलम्पिकबाट नाम फिर्ता लिएको समेत बताएकी छिन् ।
विश्व वरीयताको २५ औं स्थानमा रहेकी उनी ओलम्पिक खेल्ने अमेरिकी टिममा रहेकी थिइन् ।
'कोभिडको सकारात्मक परिक्षण भयो र ओलम्पिक खेल्न सक्षम छैन समाचार सार्वजनिक गर्दा म निराश छु,' उनले लेखेकी छिन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स), एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् ।