बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

शान्त जापानी समाजमा ओसाकाको तरंग

आइतबार, साउन ३, २०७८खेलपाटी संवाददाता
शान्त जापानी समाजमा ओसाकाको तरंग
Classic Tech Internet Ad

काठमाडौं । नाओमी ओसाकाको कथा उनकै मुखबाट । उनी फ्लोरिडाकी हुन् । फ्लोरिडामा विश्व टेनिसका सर्वश्रेष्ठ खेलाडी हुर्कन बढ्ने गर्छन् । त्यहाँ उनी १० वर्ष जति बसे । 

एक खेलका क्रममा उनले आफ्नै जापानी प्रतिद्वन्द्वीको मुखबाट आफूबारे कुरा गरिरहेको सुने । ती जापानी खेलाडीलाई ओसाका जापानी भाषा पनि बोल्छिन् भन्ने थाहा थिएन् । ती जापानी खेलाडीले ओसाकाबारे भनेकी थिइन्, ‘के उनी तिनै काली केटी होइनन् र ? उनलाई जापानी भन्नु ठीक हुन्न ।’

ओसाकाले भर्खरै मात्र ‘द वाल स्ट्रिट जर्मल’ मा यसबारे सुनाएकी थिइन् । अहिले सबैलाई थाहा छ, उनकी आमा जापानी हुन्, पिता हाइटी मूलका । अमेरिकामा हुर्के बढेका ओसाकाले यही देशलाई त्यागेर जापानका लागि खेल्नु ठीक मानिन ।

अहिलेको आधुनिक जापानी समाजका लागि उनी त्यस्तो नयाँ अनुहार सावित भएको छ, जसले धेरै कथा भन्छ । अनि उनकै कारण जापानी समाज केही न केही परिवर्तनबाट गुपिज्ररहेको छ, भलै यो सुस्त छ ।

हुन् पनि धेरैका लागि प्रश्न हुन सक्छ, आखिरमा ओसाका कसरी पो जापानी हुन सक्छिन् र ? अर्का जापानी खेलाडी नाओ हिबिनोले एक पल्ट भनेका थिए, ‘पक्कै पनि उनी हामी आम जापानी भन्दा फरक छिन् । उनको शारीरिक बनावट हाम्रो जस्तो छैन् ।’

सिधा सिधा भन्दा ओसाका मिश्रित नश्लकी जापानी खेलाडी हुन् । अझ जापानी समाज के पनि मान्छ भने महिला खेलाडीका रूपमा ओसाकाले जसरी बोल्छिन् र लुगा लगाउँछिन्, त्यो ठीक छैन् ।

ओसाकाले जे जति गर्छिन्, त्यो जापानी सोच भन्दा एक पाइला अगाडि छ र यसलाई सबैले खुलेर स्विकार्न सकिरहेका छैनन् । अहिले ओसाकाबारे यो सबै चर्चा किन भन्दा जापानको टोकियोमा ओलम्पिक्स सुरु हुँदैछ र सबैले जान्नु ठीक हुन्छ, जापानी समाज कतातिर गइरहेको छ ?

स्पष्ट रूपमा भन्दा केही काली ओसाकालाई जापानीले समाजले हाम्रा खेलाडी हुन् भनेर खुलेर स्विकार्न सकिरहेको छैन् । सन् २०१९ मा ओसाकाले एक जापानी चाउचाउको विज्ञापनमा खेलेकी थिइन् ।

त्यसमा उनलाई केही गोरी देखाइएको थियो । पछि यो पूरा विज्ञापन नै हटाउनु परेको थियो । यस्तोमा जापानी समाजका लागि यो केही न केही सिक्ने अवसर पनि हो । जापानी समाजमा कसैले कोहीसँग तर्क वितर्क गरेको कमै सुनिन्छ ।

अधिकांस जापानी संयमित रहन रूचाउँछन् । अझै पनि जापानी र पश्चिमेली समाजमा फरक छ । यो फरक फेरि धेरै पनि छ । जापानीहरू सक्दो शान्त रहन चाहन्छन् । त्यसैले भन्नै पर्छ, जापानी समाज शान्त छ ।

Tennis player Naomi Osaka speaks English, so she can't possibly be Japanese  | by Victoria Vouloumanos | Medium

यही शान्त समाजमा ओसाकाले धेरै प्रश्न तेर्साएका छन् र यसले पूरा समाजमै तरंग फैलिएको छ । ओसाका जस्ता मिश्रित नश्लका खेलाडीले जापानी समाजलाई परिवर्तन रोज्न बाध्य पारिरहेको छ ।

दोस्रो विश्व युद्धपछि धेरै समयसम्म जापानी समाज आफ्नै परिवेसमा एक्ला एक्लै रहन बाध्य रह्यो । तर अहिलेको विश्वले कोही कसैलाई पहिले जस्तो कहाँ आफूमै मात्र सीमित राख्न दिन्छ र ? ओसाकाकै निहुँमा जापानी समाज पक्कै केही न केही परिवर्तनबाट गुज्रिन बाध्य रहनेछ ।

–बीबीसीको सामग्रीबाट स्वतन्त्र अनुवाद । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए