एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिचले टोकियो ओलम्पिक खेल्ने भएका छन् ।
विम्बलडन विजेता जोकोभिचले सर्बियाका लागि टोकियो ओलम्पिकमा सहभागीता जनाउने पक्का गरेका हुन् ।
३४ वर्षिया खेलाडीले आफु टोकियो ओलम्पिकमा सहभागी हुने बताएका छन् । उनले सर्बियाका लागि खेल्नु गर्वको विषय भएको बताए ।
जेकोभिचले आईतबार विम्बलडन जितेका थिए । उनले करियरको २० औं ग्रान्डस्लाम हात पारेका थिए । उनले लगत्तै ओलम्पिक खेल्ने-नखेल्ने विषयमा केही बोलेका थिएनन् ।
उनले टोकियो ओलम्पिकमा एकल स्वर्ण जितेर अमेरिकी ओपन समेत जितेको खण्डमा गोल्डेन स्लाम पुरा गर्ने पहिलो पुरुष खेलाडी बन्नेछन् । यसमा चार ग्रान्डस्लाम सहित एक ओलम्पिक स्वर्ण समेत रहेको छ ।
स्टेफी ग्राफ एक खेलाडी हुन्, जसले सन् १९८८ मा चार ग्रान्डस्लाम र ओलम्पिकमा स्वर्ण जितेकी थिईन् ।