'ग्राण्डस्लामको श्रेय रोजर र नाडाललाई जान्छ'

एजेन्सी । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले आइतबार विम्बल्डन टेनिसको उपाधि हात पारे ।
लण्डनमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिचले छैटौं पटक विम्बल्डन आफ्नो नाममा लेखाए ।
विम्बल्डन जोकोभिचको करियरको २० औं ग्राण्डस्लाम उपाधि समेत हो ।
यससँगै जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरे ।
२० औं ग्राण्डस्लाम जितेपछि जोकोभिचले यस सफलताको श्रेय फेडेरर र नाडाललाई दिए ।
'मैले पहिले पनि उल्लेख गरेको छु । मैले राफा र रोजरलाई ठुलो आदर दिनु पर्दछ । उनीहरु हाम्रो खेलका लिजेण्ड हुन्,' उनले भने, 'मैले करियरमा सामना गरेका दुबै महत्वपूर्ण खेलाडी हुन् । '
जोकोभिचले रोजर र नाडालकै कारण आफु यस स्थानमा आईपुगेको बताए ।
'म यहाँ हुनुको कारण उनीहरु हो । उनीहरुले मलाई मानसिक, शारीरिक र प्राविधिक रुपमा बलियो हुनुपर्छ भन्ने सिकाए,' जोकोभिचले थपे ।
३४ वर्षीय जोकोभिचले आफुसहित तीनै जना २० औं ग्राण्डस्लाम उपाधिमा नरोकिने बताए । उनले तीनै जना थप ग्राण्डस्लाम जित्न सक्षम रहेको बताए ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)