एजेन्सी । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।
लण्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।
उपाधि जित्ने क्रममा जोकोभिचले सातौं वरीयताका माटियो ६-७(४-७),६-४,६-४ र ६-३ को सेटमा पराजित गरे ।
यससँगै जोकोभिच छैटौं पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका छन् । यस्तै जोकोभिचले लगातार दोस्रो पटक उपाधि जितेका हुन् ।
जोकोभिचको यो करियर २० औं ग्राण्डस्लाम उपाधि समेत हो ।
जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।
३४ वर्षीय जोकोभिचले गत महिना फ्रेन्च ओपन जितेका थिए ।
महिलातर्फको उपाधि विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितिसकेकी छिन् ।
बार्टीले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन् । बार्टीको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । यस अघि उनले फ्रेन्च ओपन जितेकी थिइन् ।