एजेन्सी । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
लण्डनमा शुक्रबार राति क्यानडाका डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले डेनिसलाई ७-६ (७-३),७-५ र ७-५ को सेटमा पराजित गरे ।
यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए ।
१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन जित्दै २० ग्राण्डस्लाम आफ्नो बनाउने योजनामा रहेका छन् ।
जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन् ।
पहिलो सेमिफाइनलमा पोल्याण्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।
२५ वर्षीय माटियोले हुबर्टलाई ६-३,६-, ६-७(३-७) र ६-४ को सेटमा पराजित गरे ।
यससगै माटियो विम्बल्डनको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।
यस्तै माटियो ४५ वर्षपछि ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो इटालियन समेत बनेका छन् ।