एजेन्सी । इटालीका सातौं वरीयताका माटियो बेरेटिनी इतिहास रच्दै विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
लण्डनमा शुक्रबार पोल्याण्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो उपाधि नजिक पुगेका हुन् ।
२५ वर्षीय माटियोले हुबर्टलाई ६-३,६-, ६-७(३-७) र ६-४ को सेटमा पराजित गरे ।
यससगै माटियो विम्बल्डनको फाइनलमा पुग्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।
यस्तै माटियो ४५ वर्षपछि ग्राण्डस्लामको फाइनलमा पुग्ने पहिलो इटालियन समेत बनेका छन् ।
सन् १९७६ मा एड्रियानो पनाट्टाले फ्रेन्च ओपन जितेका थिए । त्यसयता इटालीका कुनैपनि खेलाडी ग्राण्डस्लामको फाइनलमा पुगेको थिएन ।
उनको यो पहिलो ग्राण्डस्लाम फाइनल समेत हो ।
अब माटियोले उपाधिका लागि नोभाक जोकोभिचसँग खेल्ने छन् ।