बार्टी पहिलो पटक फाइनलमा
बिहिबार, असार २४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलियाकी विश्व नम्बर एक अस्लेइग बार्टी विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
लण्डनमा बिहीबार राति जर्मनीकी एन्जलिक केर्बरलाई पराजित गर्दै बार्टी उपाधि नजिक पुगेकी हुन् ।
२५ वर्षीय बार्टीले केर्बरमाथि ६-३ र ७-६ (७-३) को सेटमा पराजित गरिन् ।
यससँगै बार्टी पहिलो पटक विम्बल्डनको फाइनलमा प्रवेश गरेकी छिन् ।
अब बार्टीले उपाधिका लागि कारोलिना प्लिस्कोभासँग खेल्ने छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)