फेडेरर विम्बल्डनको तेस्रो चरणमा
बिहिबार, असार १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
लण्डनमा बिहीबार राति फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै फेडेरर तेस्रो चरणमा पुगेका हुन् ।
छैटौं वरीयताका फेडेररले गास्क्वेटमाथि ७-६(७-१), ६-१ र ६-४ को सेटमा जित निकाले ।
आठ पटकको च्याम्पियन फेडेररले पहिलो चरणमा फ्रान्सकै एड्रिन मन्नारिनोबाट वाकओभर पाएका थिए ।
अब ३९ वर्षीय फेडेररले इंग्ल्यान्डका क्यामरुन नोरीसँग खेल्ने छन् ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए ।
पुरुषतर्फनै रुसका डेनील मेदभेदेब पनि तेस्रो चरणमा प्रवेश गरेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)