एजेन्सी । विश्व नम्बर एक अस्लेइग बार्टी विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।
लण्डनमा मंगलबार स्पेनकी कार्लो नाभारोलाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी दोस्रो चरणमा पुगेकी हुन् ।
बार्टीले नाभारोमाथि ६-१, ६-७ (१-७) र ६-१ को सेटमा पराजित गरिन् ।
बार्टी चोटबाट मुक्त हुँदै विम्बल्डनबाट फेरि कोर्टमा फर्किएकी हुन् । यस्तै नाभारो क्यान्सरको उपचारपछि पहिलो पटक टेनिसमा फर्किएकी हुन् ।
महिलातर्फनै पाँच पटकको च्याम्पियन भेनस विलियम्सले दोस्रो चरणमा स्थान बनाएकी छिन् । कारोलिना प्लिस्कोभा पनि दोस्रो चरणमा पुगेकी छिन् ।
पुरुषतर्फ जर्मनीका एलेक्स्जेन्डर ज्वेरभ र बेलायती डान इभान्सले दोस्रो चरणमा स्थान बनाएका छन् ।