काठमाडौं । नेपाली ब्याडमिन्टन खेलका उदियामान खेलाडी प्रिन्स दाहालले दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यू–१५ पुरुष एकलको उपाधि जितेका छन् ।
दुबईमा आइतबार भएको फाइनलमा इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै प्रिन्स च्याम्पियन बनेका हुन् । प्रिन्सले पहिलो सेटमा २१–११ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि प्रिन्स २१–११ ले विजयी हुँदै उपाधि जित्न सफल भए ।
प्रिन्स सिरिजमा सहभागिता जनाउने एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो वरीयता समेत प्राप्त गरेका थिए ।
प्रिन्स गत साता सम्पन्न तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेका थिए । पुरुष सिंगल्र्समा पनि प्रिन्स सेमिफाइनलमा पुग्न सफल भएका थिए ।