हाभर्टेजले रचे इतिहास
आइतबार, असार ६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । अट्याकिङ मिडफिल्डर काइ हाभर्टेज युरोपियन च्याम्पियनसिपमा गोल गर्ने जर्मनीका सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
१६ औं संस्करणको युरोकप अन्तर्गत पोर्चुगलविरुद्ध गोल गर्दै हाभर्टेजले इतिहास रचेका हुन् । म्युनिखमा साविक विजेता पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गर्दा हाभर्टेजले एक गोल गरेका थिए ।
पोर्चुगलविरुद्ध गोल गर्दा उनी २२ वर्ष ८ दिनका थिए । उनी मुख्य ठुला प्रतियोगितामा जर्मनीका लागि गोल गर्ने सर्वाधिक कम उमेरका दोस्रो खेलाडी हुन् ।
विश्वकपमा जर्मनीका लागि सर्वाधिक कम उमेरमा गोल खेलाडीको कीर्तिमान थोमस मुलरको नाममा रहेको छ । सन् २०१० को विश्वकपमा उरुग्वेविरुद्ध गोल गर्दा मुलर २० वर्ष ३ सय दिनका थिए ।
'हामी प्रदर्शनबाट सन्तुष्ट छौँ,' खेलपछि चेल्सीका खेलाडी हाभर्टेजले भने, 'उनीहरूविरुद्ध हामीले राम्रो खेल्यौं ।'







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



