रोनाल्डोका ३ सय मिलियन फलोवर्स

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा इन्स्टाग्राममा ३०० मिलियन फलोवर्स पाउने पहिलो व्यक्ति बनेका छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोको इन्स्टाग्राममा फलोवर्स ३०० मिलियन पुगेको छ । ३०० मिलियन फलोवर्स पाउने उनी पहिलो व्यक्ति र पहिलो खेलाडी हुन् ।
युरोपको विभिन्न शहरमा जारी युरोकपको १६ औं संस्करण खेलिरहेका रोनाल्डोले हालै दुई कीर्तिमान बनाएका थिए । उनी युरोकपमा सर्वाधिक गोल गर्ने र सर्वाधिक चार संस्करण खेल्ने पहिलो खेलाडी बनेका थिए ।
३६ वर्षीय पोर्चुगिज कप्तान रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन बढी फलोवर्स हुने पहिलो खेलाडी समेत हुन् । रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन बढी फलोवर्स रहेको छ ।
यससँगै रोनाल्डो ५०० मिलियन फलोवर्स पुग्ने पहिलो खेलाडी बनेका छन् ।
यस अघि सामाजिक संजालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोवर्स पुगेको थिएन ।