ओसाकाले विम्बल्डन टेनिस नखेल्ने
बिहिबार, असार ३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले विम्बल्डन टेनिस नखेल्ने भएकी छिन् ।
ओसाकाले बिहीबार यस वर्षको विम्बल्डन नखेल्ने बताएकी छिन् ।
२३ वर्षीय ओसाकाले डिप्रेसनको कारण आफुले टेनिसमा केहि समय विश्राम लिने बताएकी छैन ।
यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ ।
चार पटकको ग्राण्डस्लाम विजेता ओसाकाले फ्रेन्च ओपन टेनिसको दोस्रो चरणबाट नाम फिर्ता लिएकी थिइन् ।
दोस्रो वरीयता प्राप्त ओसाकाले जापानको टोकियो ओलम्पिक भने खेल्ने सम्भावना रहेको बताएकी छिन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)