एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिस र टोकियो ओलम्पिक नखेल्ने भएका छन् ।
नाडालले बिहीबार सामाजिक संजालबाट आफुले विम्बल्डन र ओलम्पिकबाट नाम फिर्ता लिएको बताएका छन् ।
'मैले यस वर्षको विम्बल्डन र टोकियो ओलम्पिकमा भाग नलिने निर्णय गरेको छु,' उनले ट्वीटरमा लेखेका छन् ।
३५ वर्षीय नाडालले २ पटक विम्बल्डनको उपाधि जितेका छन् । यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ ।
२० पटकको ग्राण्डस्लाम विजेता नाडालले ओलम्पिकमा दुई स्वर्ण जितेका छन् । सन् २००८ मा एकलतर्फ र २०१६ को ओलम्पिकमा डबल्समा उपाधि जितेका थिए ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।