मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पोर्चुगललाई हंगेरीको चुनौती : प्लेयर्स टु वाचमा को ?

मंगलबार, ०१ असार २०७८खेलपाटी संवाददाता
पोर्चुगललाई हंगेरीको चुनौती : प्लेयर्स टु वाचमा को ?
Classic Tech Internet Ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार)पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ ।

साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको मैदान पुस्कास एरिनामा प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र हंगेरीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह 'एफ' मा रहेको पोर्चुगल आज सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगललाई युरोपियन फुटबलमा कहलिएका खेलाडीहरुको साथ रहने छ ।

ग्रुप अफ डेथ मानिएको समूहमा रहेको पोर्चुगलका लागि हंगेरीसँगको पहिलो खेल महत्वपूर्ण समेत रहेको छ । अघिल्लो संस्करणको साख जोगाउन पनि पोर्चुगललाई जित्नै पर्ने दबाब रहेको छ ।

'पक्कै पनि हामी दाबेदार हौँ  । यदि समूह चरण पार गर्दैनौं भने हाम्रो असफलता हुनेछ,' हंगेरीसँगको खेलअघि पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस भन्छन्, 'तर, मलाई विश्वास छैन कि पोर्चुगलको त्यसो हुन्छ । पोर्चुगल जित्न चाहन्छ । सबैको जित्ने महत्वकांक्षा हुन्छ ।'

सन् २०१६ मा फ्रान्समा आयोजना भएको युरोमा आयोजक फ्रान्सलाई हराएर पोर्चुगलले पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको छ ।

तर, हंगेरीलाई उसैको मैदानमा हराउँन पोर्चुगलका लागि सहज भने हुने छैन । हंगेरी पनि पहिलो खेलमा ठुला टिमलाई स्तब्ध बनाउने योजनामा रहेको छ ।

'हामीलाई थाहा छ हाम्रोविरुद्ध को छ । तर, हामी हाम्रो सपनाहरु प्राप्त गर्न चाहन्छु । सपना निशुल्क छ त्यसैले हामी सपना देख्ने गर्छौं,' पोर्चुगलसँगको खेल अघि हंगेरीका प्रशिक्षक मार्को रोसी भन्छन्,'आशा छ युरोमा सपना जारी रहन्छ ।'

मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१६ को भेटमा दुई टोलीले ३-३ गोलको बराबरी खेलेका थिए ।

हंगेरीविरुद्ध मैदान उत्रदा पोर्चुगलका कप्तान रोनाल्डो ३६  र डिफेन्डर पेपे ३८ वर्षका हुनेछन् । म्यानचेस्टर सिटीबाट खेल्दै आएका युवा डिफेन्डर जोआ कान्सेलो कोरोना संक्रमणको कारण टिम बाहिर रहने छन् । उनको स्थानमा डिएगो डालोट टोलीमा जोडिएका छन् ।

प्लेयर्स टु वाच :

डिएगो जोटा

पोर्चुगलका युवा स्ट्राइकर डिएगो जोटा हंगेरीविरुद्ध प्रभावशाली प्रदर्शन गर्न सक्छन् । प्रशिक्षक सान्तोसको रणनीतिमा जोटा मुख्य खेलाडी हुनेछन्  ।

हंगरीविरुद्ध रोनाल्डो मुख्य केन्द्रमा रहेपनि सबैको नजर जोटामाथि रहनेछन् । किनकि जोटालाई पोर्चुगलका भविष्यको रुपमा हेरिएको छ ।

२४ वर्षीय जोटा व्यवसायिक फुटबल इंग्लिस क्लब लिभरपुरबाट खेल्ने गर्छन् । उनीसँग एट्लेटिको मड्रिड, पोर्टो लगायतका क्लबबाट खेलेको अनुभव समेत छ । जोटाले पोर्चुगलको उमेर समूह अन्तर्गत यू–१९, २१ र २३ बाट खेलेका छन् । सिनियर टोलीबाट जोटाले १४ खेल खेल्दा ६ गोल गरिसकेका छन् ।

विलि ओर्बान

विलि उमेर समूहको अन्तराष्ट्रिय फुटबल जर्मनीबाट खेलेका खेलाडी हुन् । उनले जर्मनीको यू-२१ टिमबाट खेलेका थिए । तर, सिनियर टिमबाट भने उनले हंगेरीबाट खेलिरहेका छन् ।

जर्मनीमा जन्मिएका २८ वर्षीय ओर्बानले हंगेरीबाट २१ खेल खेल्दा ५ गोल गरिसकेका छन् ।

ओर्बान जर्मन क्लब आरबीलाईपजिगबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् ।

पोर्चुगिज टिमको आक्रमणलाई रोक्न हंगेरीले सेन्टर ब्याक ओर्बानलाई अघि सार्ने छ । उनी विपक्षी खेलाडीलाई रोक्नु र गोल गर्न माहिर मानिन्छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

Bajaj Pulsar Motorcycle Ad
नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा