एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।
उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६-७(६-८), २-६, ६-३,६-२ र ६-४ को सेटमा पराजित गरे ।
यससँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यस अघि उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए ।
जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।
यस अघि सेमिफाइनलमा जोकोभिचले राफायल नाडाललाई हराएका थिए । स्टेफानोसले जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई हराएर फाइनलमा स्थान पक्का गरेका हुन् ।
महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोराले जितिन् ।
शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले उपाधि जितेकी हुन् ।