बारबोरालाई फ्रेन्च ओपनको उपाधि
शनिबार, जेठ २९, २०७८खेलपाटी संवाददाता

एजेन्सी । चेक रिपब्लिककी बारबोरा क्रेसिकोभाले फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।
पेरिसमा शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले उपाधि जितेकी हुन् ।
बिना वरीयताकी बारबोराले १३ औं वरीयताकी एनास्टासियालाई ६-१,२-६ र ६-४ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।
२५ वर्षिया बारबोराले पहिलो पटक फ्रेन्च ओपन जितेकी हुन् । पहिलो पटक फाइनल पुगेकी बारबोरा पहिलो फाइनल यात्रामै च्याम्पियन बनेकी हुन् ।
बारबोराको यो पहिलो ग्राण्डस्लाम उपाधि समेत हो ।
पुरुषतर्फको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस टित्सीपासबीच प्रतिस्पर्धा हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

