एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति भएको खेलमा साविक विजेता राफायल नाडाललाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
शीर्ष वरीयताका जोकोभिचले तेस्रो वरीयताका नाडाललाई ३-६,६-३,७-६(७-४) र ६-२ को सेटमा पराजित गरे ।
क्ले कोर्टको राजा मानिने नाडालमाथि जित निकाल्न जोकोभिचले ४ घण्टा बढीको समय खर्चिए ।
नाडाल १३ पटकको फ्रेन्च ओपन च्याम्पियन हुन् । जोकोभिचले एक पटक उपाधि जितेका छन् ।
अब जोकोभिचले उपाधिका लागि ग्रीसका स्टेफानोस टित्सीपाससँग खेल्ने छन् ।
जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई हराएर स्टेफानोसले फाइनलमा स्थान पक्का गरेका हुन् ।