नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा
बुधबार, जेठ २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार राति भएको खेलमा अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानलाई हराएर नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
विश्व नम्बर तीन समेत रहेका नाडालले स्वार्ट्जम्यानलाई ६-३,४-६, ६-४ र ६-० ले पराजित गरे ।
१३ पटकको च्याम्पियन नाडालले सेमिफाइनलमा नोभाक जोकोभिच र माटियो बेरेट्टीनीबीचको विजेतासँग खेल्नेछन् ।
३५ वर्षीय नाडाल १४ औं पटक सेमिफाइनलमा पुगेका हुन् ।
महिलातर्फ साविक विजेता पोल्याण्डकी इगा स्विटेक पराजित भएकी छिन् ।
क्वाटरफाइनलमा स्विटेक ग्रीसकी मारिया सक्कारीसँग ६-४ र ६-४ ले पराजित भईन ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

