सारी लाजियोको मुख्य प्रशिक्षक
बुधबार, जेठ २६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब लाजियोले मुख्य प्रशिक्षक मउरिजो सारीलाई नियुक्त गरेको छ ।
लाजियोले बुधबार सारीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
इटालियन प्रशिक्षक सारीले लाजियोसँग २०२३ सम्मको सम्झौता गरेका छन् ।
सारी गत अगस्टमा युभेन्ट्सबाट बर्खास्तमा परेका थिए ।
च्याम्पियन्स लिगको अन्तिम १६ बाट टिम बाहिरिएपछि युभेन्ट्सले सारीलाई बर्खास्त गरेको थियो ।
त्यसअघि उनले युभेन्ट्सलाई सिरी 'ए' को उपाधि दिलाएका थिए ।
६२ वर्षीय प्रशिक्षक चेल्सी, नापोली लगायतका टिम समेत हेरिसकेका छन् ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)