एजेन्सी । ग्रीसका स्टेफानोस टित्सीपास फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा रुसका डेनील मेदभेदेबलाई हराएर स्टेफानोसले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
पाँचौ वरीयताका स्टेफानोसले दोस्रो वरीयताका डेनीललाई ६-३, ७-६(७-३) र ७-५ ले पराजित गरे ।
अब स्टेफानोसले फाइनल प्रवेशका लागि जर्मनीका एलेक्स्जेन्डर ज्वेरभसँग खेल्ने छन् ।
छैटौं वरीयताका ज्वेरभले स्पेनका फोकिनालाई हराए ।
बिना वरीयताका खेलाडीमाथि ज्वेरभले ६-४,६-१ र ६-१ को जित निकाले ।