नाडाल क्वाटरफाइनलमा
मंगलबार, जेठ २५, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमबार राति भएको खेलमा इटालीका जानिक सिन्नरलाई हराएर नाडालले अन्तिम आठको यात्रा तय गरेका हुन् ।
विश्व नम्बर तीन समेत रहेका नाडालले जानिकलाई ७-५,६-३ र ६-० ले पराजित गरे ।
१३ पटकको च्याम्पियन नाडालले अब स्विजरल्याण्डको डिएगो स्वार्ट्जम्यानसँग खेल्नेछन् ।
महिलातर्फ साविक विजेता समेत रहेकी पोल्याण्डकी इगा स्विटेकले अन्तिम आठमा स्थान बनाएकी छिन् ।
स्विटेकले मार्टालाई ६-३ र ६-४ ले पराजित गरिन् ।
महिलातर्फ नै कोको गाउफले अन्तिम आठमा स्थान पक्का गरेकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

