जोकोभिच क्वाटरफाइनलमा
सोमबार, जेठ २४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा सोमबार भएको खेलमा इटालीका लोरेन्जो मुसेट्टीबाट वाकओभर पाउँदै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् ।
खेलको दौरान चोट बोकेपछि लोरेन्जोले खेल छाडेका हुन् । लोरेन्जोले खेल छाड्नु अघि दुबै खेलाडीले दुई दुई सेट जितेका थिए ।
सुरुवाती दुई सेट जोकोभिचले ६-७ (७-९), ६-७ (२-७) ले गुमाएका थिए । तर, त्यसपछिका दुई सेट जोकोभिचले ६-१ र ६-० ले जितेका थिए ।
यस्तै पाँचौ सेटमा जोकोभिचले ४-० को सेटमा अग्रता बनाएका थिए ।
अब जोकोभिचले इटालीका माटियो बेरेट्टीनीसँग खेल्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

