एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले फ्रेन्च ओपन टेनिसबाट नाम फिर्ता लिएका छन् ।
पूर्व विश्व नम्बर एक फेडेररले आइतबार फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका हुन् ।
फेडेररले चोटलाई पूर्ण रुपमा ठिक बनाउनका लागि प्रतियोगिताको बाँकी खेल नखेल्ने निर्णय गरेको बताएका छन् ।
'मेरो टिमसंगको छलफलपछि मैले आज फ्रेन्च ओपनबाट निस्कने निर्णय लिएको छु,' आठौं वरीयताका उनले भनेका छन्, 'दुई घुँडाको शल्यक्रिया र एक वर्ष बढीको रिहाबपछि मैले मेरो शरीरलाई सुन्नु पर्छ र म निश्चित भए की मैले यति चाडो आफुलाई धकेल्नु हुन्न ।'
फेडेरर फ्रेन्च ओपनको चौंथो चरणमा पुगेका थिए । शनिबार राति जर्मनीका डोमिनिक कोएफरलाई पराजित गर्दै उनले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले अन्तिम १६ मा इटालीका माटियो बेराट्टीनीसँग खेल्ने तय थियो ।
फेडेररले फ्रेन्च ओपनबाट टेनिस कोर्टमा पुनरागमन गरेका थिए ।
सन् २०२० को जनवरीमा घुँडाको शल्यक्रिया गरेपछि उनले ग्राण्डस्लाम प्रतियोगिता खेलेका थिएन् ।