नाडाल फ्रेन्च ओपनको अन्तिम १६ मा
शनिबार, जेठ २२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा शनिबार राति भएको खेलमा बेलायतका क्यामरुन नोरीलाई हराएर नाडालले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
विश्व नम्बर तीन समेत रहेका नाडालले नोरीलाई ६-३,६-३ र ६-३ ले पराजित गरे ।
१३ पटकको च्याम्पियन नाडालले अब इटालीका जानिक सिन्नरसँग खेल्नेछन् ।
महिलातर्फ साविक विजेता समेत रहेकी पोल्याण्डकी इगा स्विटेकले अन्तिम १६ मा स्थान बनाएकी छिन् ।
स्विटेकले एनिट कोन्टाभिटलाई ७-६(७-४) र ६-० ले पराजित गरिन् ।
महिलातर्फ नै सोफिया केनिन, कोको गाउफ, स्लोआनी स्टेफेन्सले चौंथो चरणमा स्थान पक्का गरेकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

