एजेन्सी । स्विस टेनिस खेलाडी स्टान वावरिन्काले विम्बल्डन टेनिस नखेल्ने भएका छन् ।
चोटका कारण वावरिन्काले विम्बल्डन टेनिस गुमाउने भएका हुन् ।
विम्बल्डन टेनिस जुन २८ बाट सुरु हुने तालिका रहेको छ ।
देब्रे खुट्टाको चोटको कारण उनले फ्रेन्च ओपन समेत खेलेका छैनन् ।
तीन पटकको ग्राण्डस्लाम विजेता वावरिन्काले गत मार्चमा भएको कतार ओपनपछि खेलेका छैनन् ।
३६ वर्षीय वावरिन्का विम्बल्डनमा २ पटक क्वाटरफाइनलसम्म पुगेका छन् ।
वावरिन्काले अष्ट्रेलियन ओपन, युएस ओपन र फ्रेन्च ओपन एक एक पटक जितेका छन् ।