काठमाडौं । नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दुवईंमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईंका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै प्रिन्सले सिरिजको अन्तिम चारमा स्थान बनाएको हो ।
प्रिन्सले नाजिवमाथि २१–१० र २१–१३ को सहज जित निकाल्न सफल भयो । यसअघि शुक्रबारै भएको प्रि–क्वाटरफाइनलमा युएईंकै धनवान्थ राहभानलाई २१–२ र २१–८ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका थिए । अब प्रिन्सले सेमिफाइनलमा भारतका आयन बोर्चेटियाको सामना गर्नेछ ।
बुधबारबाट शुरु भएको सिरिज आइतबारसम्म चल्नेछ । सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।