जोकोभिच र फेडेरर तेस्रो चरणमा
बिहिबार, जेठ २०, २०७८खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बिहीबार राति भएको खेलमा उरुग्वेका पाब्लो क्युभासलाई हराएर जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।
विश्व नम्बर एक समेत रहेका जोकोभिचले क्युभासलाई ६-३,६-२ र ६-४ ले पराजित गरे ।
पुरुषतर्फ नै स्विस खेलाडी रोजर फेडेररले तेस्रो चरणमा स्थान बनाएका छन् ।
पूर्व विश्व नम्बर एक फेडेररले मारिन सिलीचलाई पराजित गरे ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले मारिनमाथि ६-२,२-६,७-६(७-४) र ६-२ को सेटमा जित निकाले ।
रुसका डेनील मेदभेदेबले पनि तेस्रो चरणमा स्थान बनाएका छन् ।
दोस्रो वरीयताका मेदभेदेबले अमेरिकाका टमि पाउललाई ३-६, ६-१,६-४ र ६-३ ले हराए ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

